पूजा शर्माको एक्सन फिल्म ‘दान्भी’ जेठ १० मा आउने

पूजा शर्माको एक्सन फिल्म ‘दान्भी’ जेठ १० मा आउने

काठमाडौं । पूजा शर्मा स्टारर एक्सन फिल्म ‘दान्भी’को प्रदर्शन मिति तय भएको छ । यो फिल्म जेठ १० गतेदेखि देशव्यापी रिलिज हुने भएको छ । शुक्रबार अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर निर्माताले रिलिज मिति घोषणा गरेका हुन् ।

रुपेश तामाङ निर्देशित यो फिल्म बुद्ध जयन्तीका दिन रिलिज हुन लागेको हो । एक्सनप्रधान यो फिल्ममा पूजाको शीर्ष भूमिका छ । टिजर सार्वजनिक भएपछि यसको चर्चा पनि चुलिएको थियो ।
यसको छायांकन नेपाल र भारतमा गरिएको छ । देव मगर र अनुप गडाल निर्माता रहेको फिल्ममा पवन राना मगर कार्यकारी निर्माताको रुपमा छन् । फिल्ममा कमला लिम्बू, पञ्चबहादुर तामाङ र आदर्श पौडेल सहनिर्माताको रुपमा छन् । यो फिल्ममा पूजाको जोडीको रुपमा कुन्साङ बोमजमले अभिनय गरेका छन् । फिल्ममा किरण श्रेष्ठको पनि मुख्य भूमिका छ । प्रायः प्रेमकथाका फिल्ममा अभिनय गरेकी पूजाको यो पहिलो एक्सन फिल्म हो ।

जेठ १० मै अनमोल केसी स्टारर ‘फर्की फर्की’ पनि रिलिज हुँदैछ ।