माल्दिभ्सबाट बाहिरिँदै भारतीय सेना

माल्दिभ्सबाट बाहिरिँदै भारतीय सेना

काठमाडौं । भारतले आइतबार माल्दिभ्सबाट आफ्नो पहिलो लटको सेना फिर्ता गर्ने भएको छ । माल्दिभ्सको राष्ट्रपतिमा चीनपक्षीय भनिएका मोहम्मद मुइज्जु विजयी भएपछि भारतसँगको सम्बन्ध चिस्सिएको थियो ।

उनले मे महिनासम्म त्यहाँ रहेका ८० भारतीय सेना फिर्ता भइसक्नुपर्ने समयसीमा तोकेका छन् ।

भारतले माल्दिभ्सलाई उपलब्ध गराएको दुईवटा उद्धार र जासुसी हेलिकोप्टर सञ्चालनका लागि आफ्ना सेना त्यहाँ रहेको भनेको छ ।

भारतले हिन्द महासागरको महत्त्वपूर्ण भागलाई निगरानी गर्न रणनीतिक स्थितिमा रहेको माल्दिभ्समा लामो समयदेखि आफ्नो प्रभाव राखेको छ ।

मुइज्जुको दिल्लीविरुद्धको कडा कदमले सम्बन्ध बिग्रिदै गएको छ । तर भारतले सैनिकलाई प्राविधिक कर्मचारीले प्रतिस्थापन गर्नेमा माले (माल्दिभ्सको राजधानी) सहमत भएको छ ।