यस्तो छ आज अमेरिकी डलर देखि कतारि रियल सम्मको विनिमय दर

यस्तो छ आज अमेरिकी डलर देखि कतारि रियल सम्मको विनिमय दर

काठमाडौँ: नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ १६ पैसा र बिक्री दर १३२ रुपैयाँ ७६ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ०३ पैसा र बिक्री दर १४४ रुपैयाँ ६८ पैसा रहेको छ। यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६२ पैसा र बिक्री दर १६९ रुपैयाँ ३९ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २४ पैसा र बिक्री दर ३६ रुपैयाँ ४१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।