प्रधानमन्त्रीद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सुभकामना व्यक्त

प्रधानमन्त्रीद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सुभकामना व्यक्त

काठमाडौं: अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभ अवसरमा प्रधानमन्त्रीले सुभकामना दिएका छन् ।


सुभकामना सन्देश :

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, महिला अधिकारकर्मीलगायत महिला हक अधिकारको संरक्षण र प्रबर्द्धनका क्षेत्रमा कार्य गर्नुहुने सम्पूर्ण सङ्घ संस्था तथा व्यक्तिहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

यस वर्ष अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको लागि संयुक्त राष्ट्र संघबाट "Invest in Women: Accelerate Progress" भन्ने अन्तर्राष्ट्रिय नारी र महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनीू भन्ने राष्ट्रिय नारा तय गरिएको छ। महिलाको राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक हक अधिकार सुनिश्चित गर्न आफ्नो जीवन अर्पण गर्नुहुने सम्पूर्ण शहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।

नेपालको संविधानले महिलाको हकलाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको छ। राष्ट्रपति, उपराष्ट्रपतिदेखि स्थानीय सरकार तथा राज्यका सम्पूर्ण अङ्गहरूमा महिलाहरूको अर्थपूर्ण प्रतिनिधित्व र नेतृत्व स्थापित गरेको छ। सम्पत्तिमा समान अधिकारको प्रत्याभूति, प्रतिस्पर्धात्मक क्षमताको विकास, आत्मनिर्भरता, रूढीवाढी चिन्तन र मान्यतामा गुणात्मक हेरफेर आएको छ। महिलाको हक हित र अधिकारको संरक्षण एवम् प्रवर्द्धन, महिला सहभागिता, महिला सशक्तिकरण र समानताको लागि सरकारले विभिन्न नीतिगत, कानुनी तथा संस्थागत व्यवस्था गरेको छ। देशको समृद्धिमा महिलाको योगदानको कदर गर्दै राज्यका विभिन्न संरचनामा महिलाको भूमिका विस्तार गर्न सरकारले विशेष जोड दिएको छ।

तीनै तहका सरकार, निजी क्षेत्र, गैरसरकारी क्षेत्र तथा सरोकारवाला निकायबाट महिलाको क्षमता विकास, श्रम, सीप र सिर्जनालाई विकास प्रक्रियामा आवद्धता, लैङ्गिक मूलप्रवाहीकरण र सशक्तिकरणको लागि अधिकतम लगानी गर्न आवश्यक छ। महिलामा गरिने लगानीले महिलासँगै परिवार, समाज हुँदै समग्र राष्ट्रलाई नै समृद्धिको मार्गमा पु(याउनुका साथै लैङ्गिक समतामूलक राष्ट्र निर्माणमा समेत सहयोग पु(याउँछ। विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूले समेत लैङ्गिक समानता र महिलाको सशक्तिकरणलाई विशेष जोड दिएको विषय सर्वविदितै रहेको छ। शिक्षा, स्वास्थ्य, रोजगारी, गरिबी निवारण, जीविकोपार्जनमा सुधार, सामाजिक सुरक्षा, पूर्वाधार तथा प्रविधिमा पहुँच लगायतका विषयमा महिला लक्षित कार्यक्रमहरूमा लगानीलाई थप प्रभावकारी बनाउन आवश्यक देखिन्छ। महिलाको अर्थपूर्ण सहभागिता, प्रतिनिधित्व र नेतृत्व विकासमा जोड दिँदै महिला विरुद्ध हुने सबै प्रकारका हिंसा, विभेद र शोषणको अन्त्य गर्न जरुरी छ। महिलाको समान अग्रसरता र नेतृत्वदायी भूमिका स्थापित गर्दै स्रोत, साधन, अवसर तथा लाभमा समान पहुँच सुनिश्चित गर्न र समानताको व्यवहारिक प्रत्याभूति दिलाउन आवश्यक देखिन्छ।

अन्त्यमा, ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, २०२४ को अवसरमा सम्पूर्ण सरोकारवाला निकायहरूलाई महिला सहभागिता, सशक्तिकरण, समानता, प्रतिनिधित्व एवम् क्षमता विकासका लागि आ(आफ्नो तर्फवाट जिम्मेवार र उत्तरदायीपूर्ण तवरबाट कार्य गर्न थप उर्जा र प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु।