एमालेको सचिवालय बैठक आह्वान

एमालेको सचिवालय बैठक आह्वान

सत्ता समीकरणमा आएको परिर्वतन तथा अबको पहलका विषयमा छलफल गर्नका लागि नेकपा एमालले सचिवालय बैठक आह्वान गरेको छ । केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार बिहान ९ बजे बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले बताए ।

उनका अनुसार फेरिएको राजनीतिक कोर्स, पार्टीको नियमित गतिविधि र पूर्वनिर्धारित कार्यक्रमहरुबारे छलफल गर्ने तयारी छ । यसअघि काग्रेससंग मिलेर सत्ता समीकरण गरेको माओवादीले अहिले एमाले लगायतका दलहरुसंग मिलेर नयाँ सत्ता समीकरण बनाएको छ ।