सुदूरपश्चिमका मुख्यमन्त्री शाहले गरे राप्रपा र स्वतन्त्र प्रदेशसभा सदस्यलाई मन्त्रीको प्रस्ताव

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले गरे राप्रपा र स्वतन्त्र प्रदेशसभा सदस्यलाई मन्त्रीको प्रस्ताव

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले राप्रपा र स्वतन्त्र प्रदेशसभा सदस्यलाई मन्त्रीको प्रस्ताव गरेका छन् ।

नागरिक उन्मुक्ति पार्टीसहितको सरकार बनाउन सहमति भइसकेको भन्दै शाहले राप्रपाकी खेमादेवी बिष्ट र स्वतन्त्र प्रदेशसभा सदस्य तारादत्त जोशीलाई मन्त्री बन्न प्रस्ताव गरेका जनाइएको छ । 
 दुवै जनालाई बिहीबार नै मन्त्रीमा नियुक्त गर्ने भन्दै मुख्यमन्त्री शाहकै आग्रहमा अछाम जान लागेका प्रदेश प्रमुख देवराज जोशी डडेल्धुराबाट फर्किएको बताइएको थियो । 
नेकपा एकीकृत समाजवादीले छाडेको आर्थिक मामिला मन्त्री स्वतन्त्र सांसद जोशीलाई प्रस्ताव गरिएको र राप्रपालाई सामाजिक विकास वा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय लिन प्रस्ताव गरिएको जनाइएको छ । 

यसअघि मुख्यमन्त्री अल्पमतमा परेकाले राजीनामा दिनुपर्ने भन्दै आवाज समेत उठेको थियो। नेकपा एमाले सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा मागेका थिए ।