केन्द्रमा भएको सत्ता समिकरण परिवर्तनले सुदुरपश्चिममा ठुलो झट्का, अल्पमतमा परेका मुख्यमन्त्री राजीनामा मागियो

केन्द्रमा भएको सत्ता समिकरण परिवर्तनले सुदुरपश्चिममा ठुलो झट्का, अल्पमतमा परेका मुख्यमन्त्री राजीनामा मागियो

केन्द्रमा भएको सत्ता समीकरण परिवर्तनसंगै सुदुरपश्चिम प्रदेशमा पनि त्यसको असर परेको छ ।

सुदुरपश्चिम प्रदेशमा मुख्यमन्त्री कमल बहादुर शाहले मन्त्रीहरुलाई बर्खास्त गरेका छन् भने अब मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने आवाज पनि उठेको छ ।

मुख्यमन्त्री अल्पमतमा परेकाले राजीनामा दिनुपर्ने भन्दै आवाज उठेको हो । नेकपा एमाले सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा मागेका छन् ।

प्रदेश सभा भवन बाहिर पत्रकारहरूसँग कुरा गर्दै संसदीय दलका नेता रावलले मुख्यमन्त्री शाहको राजीनामा मागेका हुन् । एमाले दलका नेता रावलले भने ‘मुख्यमन्त्री शाह अल्पमतमा परिसकेकाले उनले नैतिकताका आधारमा तत्काल पदबाट राजीनामा दिनु पर्छ ।’ उनले आफू अल्पमतमा पर्दा राजीनामा दिएको स्मरण गराउँदै उनले वर्तमान मुख्यमन्त्री शाहलाई पनि त्यस्तै गर्न सुझाव दिएका हुन् । दुई दिन पहिले मुख्यमन्त्री शाहले माओवादीका तीन मन्त्रीलाई र बिहीवार नेकपा एकीकृत समाजवादीका एक मन्त्रीलाई बर्खास्त गरेका थिए । त्यस लगत्तै दुबै दलले समर्थन फिर्ता लिए पछि मुख्यमन्त्री अल्पमतमा परेका हुन् ।
  मुख्यमन्त्री शाह भने राजीनामा नदिने तर, सरकार विस्तार गर्ने गरि छलफल अगाडी बढाएका छन् । मुख्यमन्त्री शाह राप्रपा र स्वतन्त्र सांसदलाई साथमा लिएर आफ्नो नेतृत्वमा रहेको अहिलेकै सरकारलाई निरन्तरता दिने प्रयासमा लागि रहेका छन् । सुदूरपश्चिममा ५२ जना प्रदेश सभा सदस्य छन् ।

यहाँ कांग्रेसका १८, माओवादी केन्द्रका ११ एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७ नेकपा एकीकृत समाजवादीका ४ सांसद छन् । राप्रपा र स्वतन्त्र १्१ सांसद छन् ।