जोर्नीमा दुखाई छ भने के गर्ने ?

जोर्नीमा दुखाई छ भने के गर्ने ?

एजेन्सी । उमेर बढ्दै जाँदा हड्डी पनि कमजोर हुन थाल्छन् जसले गर्दा जोर्नीमा दुखाई तथा सुन्निने समस्या पनि हुन थाल्छ । यस्तोमा जोर्नीको दुखाईबाट राहत पाउन केही ड्रिंक्स सेवन गर्न सकिन्छ ।

बेसार दुध

नियमित दुध पिउनुहुन्छ भने यसमा बेसार राख्न थाल्नुस । दुधमा थोरै बेसार मिसाइ पकाएर पिउँदा शरीरमा हुने दुखाईमा औषधिको काम गर्छ ।

ग्रीन टी

ग्रीन टीमा एन्टीअक्सीडेन्ट र एन्टीइन्फ्लामेटरी गुण पाइन्छन् । जसले जोर्नीको दुखाई तथा सुन्निएकोलाई कम गर्न सहयोग गर्दछ ।

अदुवा चिया

औषधिय गुणले भरपूर अदुवाले कयौं समस्यामा राहत दिन्छ । अदुवाको चिया खाँदाा जोर्नीको दुखाईमा पनि राहत हुन्छ ।

अनारको जुस

अनार स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । यसमा एन्टीइन्फ्लामेटरी गुण पाइन्छ । अनारको जुसले जोर्नी सुन्निएको र दुखेको कम हुन्छ ।

भुँइकटहरको जुस

प्रायः मानिसमा जोर्नी दुखाईको समस्या हुँदा सुन्निने समस्या पनि हुन्छ । यस्तोमा भुँइकटहरको जुस खान सकिन्छ । यसमा हुने तत्वले सुन्निएको कम गर्नुका साथै दुखाई पनि कम हुन्छ ।