नेकपा माओवादी केन्द्रले लियो गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

नेकपा माओवादी केन्द्रले लियो गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। प्रदेश संसदीय दलको बैठकले निर्णय गरेर पार्टीले समर्थन फिर्ता लिएको हो।

आज पोखरामा बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको सांसद रेशम बहादुर जुग्जालीले जानकारी दिए। केही बेरपछि समर्थन फिर्ताको पत्र मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई बुझाउने पनि उनले बताए।

केन्द्रमा कांग्रेसँगको गठबन्धन टुटेपछि हिजो मात्रै मुख्यमन्त्री पाण्डेले माओवादीबाट मन्त्री बनेका सुशीला सिम्खडा र रेशमबहादुर जुग्जालीलाई बर्खास्त गरेका थिए।

योसँगै मुख्यमन्त्री पाण्डे नेतृत्वको सरकार संकटमा परेको छ। ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीलाई ३१ सांसदको समर्थन चाहिन्छ।

कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित आठ, राप्रपाका दुई र एकीकृत समाजवादीको एक जना सांसद छन्।