नयाँ गठबन्धनमा सहभागी हुने वा नहुने विषयमा निर्णय गर्न नेकपा एसको बैठक सुरु

नयाँ गठबन्धनमा सहभागी हुने वा नहुने विषयमा निर्णय गर्न नेकपा एसको बैठक सुरु

 नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ ।

नेकपा एमाले र माओवादी केन्द्रसहितको नयाँ गठबन्धनमा सहभागी हुने वा नहुने विषयमा निर्णय गर्न बैठक बोलाइएको एक नेताले जानकारी दिए ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई उनकै निवासमा गएर गठबन्धनमा सहभागी हुन आग्रह गरेका थिए ।

त्यही विषयमा छलफल गर्न एकीकृत समाजवादीले बैठक बोलाएको हो ।