प्रधानमन्त्री प्रचण्ड र झलनाथ खनालबिच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र झलनाथ खनालबिच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालबिच भेटवार्ता भइरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा पछिल्लो राजनीतिक घटनाक्रमबिच छलफल भइरहेको बताइएको छ । 

यसअघि मंगलबार प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओलीलगायतका नेताले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई सरकारमा सहभागी हुन प्रस्ताव गरेका थिए । 

सरकार र नयाँ गठबन्धनमा सहभागिताबारे निर्णय लिन एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै छ ।