राती पसिना आउनु कुन रोगको लक्षण हो ?

राती पसिना आउनु कुन रोगको लक्षण हो ?

एजेन्सी । यदि रातमा सुतेको बेला पसिना आउने समस्या भइरहेको छ भने यसलाई बेवास्ता गर्नु हुँदैन । लगातार यस्तो भएमा तुरुन्त डाक्टरसँग सल्लाह लिनु पर्दछ ।

शरीरमा सुगरको मात्रा कम हुँदा पसिना आउने गर्छ । आधा रातमा जब सुगर लेवल कम हुन्छ त्यतिबेला शरीरमा एड्रेनालाइन हर्मोन रिलीज हुन्छ, जसले पसिना आउन थाल्छ ।

बढ्दो उमेरसँगै हर्मोनहरुमा तीव्र गतिमा परिवर्तन आउँछन् । जसले गर्दा रातमा सुतेको बेला पसिना आउने गर्छ ।
रातमा रक्सी पिउनुहुन्छ भने पनि तपाईंलाई पसिना आउन थाल्छ । रक्सीले मुटुको गति तेज बनाइदिन्छ जसले गर्दा तपाईंलाई डर लाग्ने तथा पसिना आउने जस्तो समस्या हुन्छ ।

कुनै कुरालाई लिएर अत्यधिक तनाव भएको अवस्थामा पनि रातमा पसिना आउने गर्छ । तपाईंले धेरै तनाव लिँदा दिमाग सक्रिय रहिरहन्छ जसले गर्दा पसिना आउँछ ।

रातमा सुत्नुअघि कुनै प्रकारका औषधिको सेवनले पनि पसिना आउने समस्या हुन सक्छ । कतिपय औषधिको साइड इफेक्टको रुपमा पसिना आउँछ ।