सुदूरपश्चिम विश्वविद्यालय सहित तीन वटा विश्वविद्यालय बने उपकुलपति बिहीन

सुदूरपश्चिम विश्वविद्यालय सहित तीन वटा विश्वविद्यालय बने उपकुलपति बिहीन

सुदूरपश्चिम विश्वविद्यालय सहित तीन वटा विश्वविद्यालय उपकुलपति बिहीन बनेका छन् ।

त्यसरी उपकुलपतिबिहिन हुने अन्य दुई विश्वविद्यालयमा पूर्वाञ्चल विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालय रहेका छन् ।

पुर्वाञ्चल विश्वविद्यालयमा र सुदूरपश्चिम विश्वविद्यालयमा फागुन १८ मा र मध्यपश्चिम विश्वविद्यालयमा फागुन १७ मा उपकुलपतिको कार्यकाल सकिएपछि यी तीनै विश्वविद्यालय उपकुलपति बिहिन बनेका हुन् । सरकारले यी तीनै विश्वविद्यालयमा निमित्त उपकुलपति समेत तोकेको छैन ।

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिसका लागि शिक्षामन्त्री अशोककुमार राईको संयोजकत्वमा बनेको समितिले छनोट तथा सिफारिसका लागि प्रकृया जारी रहेको जनाएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयको लागि १८ जनाको आवेदन परेको छ । विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारी संयोजकत्वको सुदूरपश्चिम तथा मध्यपश्चिम विश्वविद्यालय उपकुलपति छनोट तथा सिफारिस प्रकृया स्थगित गरेको थियो ।

उपकुलपति छनोट तथा सिफारिसको लागि बनाइएको मापदण्डमा विवादित बनेको भन्दै समितिले ६ फागुनमा स्थगित भएको प्रकृयाबारे अझै निर्णय गर्न सकेको छैन ।