बलात्कार आरोपमा एकजना पक्राउ

बलात्कार आरोपमा एकजना पक्राउ

काठमाडौं । बर्दियामा बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । बारबर्दिया नगरपालिका–२, गौरीपाराका ३० वर्षीय विकास थारुलाई शनिबार (हिजो) बेलुका प्रहरीले नियन्त्रणमा लिएको हो ।

१३ वर्षीया बालिकाको बलात्कार गरेको उनीमाथि आरोप छ । सो उजुरीपछि उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।