गर्भावस्थामा काजु खाँदाका फाइदा थाहा पाउनुहोस् !

गर्भावस्थामा काजु खाँदाका फाइदा थाहा पाउनुहोस् !

काठमाडौं । काजु हरेक अवस्थामा खानु फाइदाजनक हुन्छ । तर, विशेषगरी गर्भावस्थामा महिलाहरुले काजु खाँदा शरीरमा विभिन्न फाइदाहरु हुन्छ ।

गर्भावस्थामा विभिन्न भिटामिन तथा मिनरल्सहरुको आवश्यकता पर्ने हुँदा पनि काजु खानु फाइदाजनक मानिन्छ । जानौं यसका फाइदाबारे-

शरीरलाई ऊर्जा दिन्छ
गर्भावस्थाका दौरान कतिपय महिलाहरुमा थकान तथा कमजोरी हुने गर्दछ । यस्तोमा काजु खाने गरेमा शरीरमा ऊर्जा आउने गर्दछ । यसमा म्याग्नेसियम, कार्बोहाइड्रेट र कपर जस्ता तत्व हुने गर्दछन् जसले शरीरमा ऊर्जा दिन्छ ।

एनीमियाबाट जोगाउँछ
गर्भवती भएको बेला महिलामा एनीमिया हुने खतरा रहन्छ । काजुमा आइरन हुन्छ जसले शरीरमा रक्तकोषिकाको उत्पादन गर्ने काम गर्छ । जसले एनीमियाको खतरालाई कम गर्ने गर्दछ ।

पेटका लागि फाइदाजनक
काजु खाँदा पेट सम्बन्धी कैयौं समस्याहरु जस्तैस् ग्यास, अपच, पेट फुल्ने जस्ता समस्याहरु कम हुन्छ । काजुमा फाइबरको मात्रा हुन्छ, जसले पेट फुल्ने सँगै मलत्याग गर्दा हुने समस्यालाई पनि कम गर्छ ।

हड्डी बलियो
काजुमा राम्रो मात्रामा म्याग्नेशियम र फस्फोरस जस्तो तत्व पाइन्छ । जसले हड्डीलाई स्वस्थ र बलियो बनाउने काम गर्छ । यसलाई खाँदा ओस्टियोपोरोसिसको समस्या पनि कम हुन्छ ।