खुट्टालाई कोमल बनाउन प्रयोग गर्नुस् घरेलु उपाय

खुट्टालाई कोमल बनाउन प्रयोग गर्नुस् घरेलु उपाय

अनुहार तथा हातसँगसँगै हामीले खुट्टाको सुन्दरताको पनि ध्यान राख्नुपर्ने हुन्छ । खुट्टाको सुन्दरतालाई कायम राख्नका लागि हामी पार्लरमा गएर पेडिक्योर गर्छौं वा बजारमा पाइने महंगो सामग्री किनेर प्रयोग गर्छौं ।

त्यस्ता उत्पादनहरुमा केमिकल पनि हुने गर्छन् साथमा कतिपय एकदमै महंगो पनि हुन्छ । त्यसैले आज हामी त्यस्ता केही सजिलो उपायहरु बताउनेछौं जसको सहयोगले तपाईं घरमै खर्च नगरी आफ्ना खुट्टाहरुलाई सुन्दर तथा कोमल बनाउन सक्नुहुनेछ-

खुट्टा कोमल बनाउने टिप्स
खुट्टालाई सुन्दर तथा कोमल बनाउनका लागि हरेक दिन राम्रोसँग धुनुहोस् र सुत्नुअघि धुन कहिल्यै नभुल्नुहोस् । खुट्टा धोएपछि तपाईंले मोइस्चराइज लगाएर केहीबेर मालिस गर्न सक्नुहुन्छ । यसले तपाईं खुट्टा मुलायम, कोमल तथा सुन्दर भइरहनेछन् ।

तपाईं यसरी मसाज गर्नका लागि नरिवलको तेल, एलोवेरा जेल वा भ्यासलिन पेट्रोलियम जेलीको पनि प्रयोग गर्न सक्नुहुन्छ । जो धेरै महंगो पनि हुँदैन र तपाईंको खुट्टालाई सुन्दर बनाउन पनि सहयोग गर्छ ।

खुट्टामा स्क्रबको प्रयोग
खुट्टालाई सुन्दर तथा मुलायम बनाउनका लागि घरमै बनाएको स्क्रबको प्रयोग गर्न सक्नुहुन्छ । घरमै बनाएको स्क्रबले खुट्टाको मरेको छाला तथा फोहोरहरुलाई सजिलै निकाल्नेछ । जसले गर्दा खुट्टा सुन्दर र मुलायम हुनेछन् । घरमा तपाईं कफी, दुध, बेसन, मह, आदिको प्रयोग गरेर स्क्रब बनाउन सक्नुहुन्छ ।

ध्यान दिने कुरा
घामले जलेर पनि खुट्टाको छाला कालो हुने गर्छ जसबाट बच्नका लागि तपाईं मोजा लगाउने गर्नुहोस् । मोजा लगाउँदा घामबाट त जोगिन्छ नै साथमा धुलोमाटोबाट पनि खुट्टा जोगिन्छ ।

हप्तामा एकपटक खुट्टामा स्क्रब जरुर गर्नुहोस् । यसो गर्नाले खुट्टामा जम्मा भएको सबै फोहोर निस्कन्छ । स्क्रब गरेपछि मोइस्चराइजर लगाउन नबिर्सनुहोस् किनकी स्क्रब गर्दा छाला सुख्खा हुने गर्छ ।

रातमा सुत्नुअघि आफ्ना खुट्टाहरुलाई मालिस गर्नुहोस् । यसले खुट्टा सफा हुनुका साथै दिनभरको थकान पनि कम हुन्छ जसले राम्रो निद्रा लाग्छ ।