सुदूरपश्चिम प्रदेशसभाको आज शनिवार बोलाइएको बैठक स्थगित

सुदूरपश्चिम प्रदेशसभाको आज शनिवार बोलाइएको बैठक स्थगित

सुदूरपश्चिम प्रदेशसभाको आज शनिवार बोलाइएको बैठक स्थगित भएको छ ।

प्रदेश सभाको तेस्रो अधिवेशनको १० औं बैठक शनिबार दिउँसो २ बजेका लागि बोलाइएको थियो । कार्य व्यवस्था परामर्श समितिको निर्देशनमा प्रदेश सभाको बैठक स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको हो ।

समितिको निर्देशनमा सो बैठक अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित भएको प्रदेशसभा सचिवालयका प्रवक्ता नरेन्द्रबहादुर पालले जानकारी दिए ।

सुदुरपश्चिम प्रदेश सभामा सुदूरपश्चिम निजामति सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक, सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक विचाराधीन अवस्थामा र सुदूरपश्चिम प्रदेशसभा नियमावली २०८० को मस्यौदा विचाराधीन अवस्थामा छन् ।