नेदरल्यान्ड्स १२० रनमै अलआउट, नेपाली पेसरसामू निरिह बने नेदरल्यान्ड्सका ब्याट्सम्यान

नेदरल्यान्ड्स १२० रनमै अलआउट, नेपाली पेसरसामू निरिह बने नेदरल्यान्ड्सका ब्याट्सम्यान

काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत समूहचरणको अन्तिम खेलमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको नेदरल्यान्ड्स १२० रनमै अलआउट भएको छ। 

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको नेदरल्यान्ड्सले १९ दशमलव ३ ओभरमा अलआउट हुँदै १२० रन मात्र बनाउन सक्यो। 

नेपालका लागि प्रतिश जिसीले किफायती बलिङ गरे। चार ओभर बलिङ गरेका उनले मात्र १८ रन खर्चेर ३ विकेट लिए। सुरुवाती पहिलो ओभरमै २ विकेट करण केसीले लिएका थिए। 

यस्तै कुशल मल्लले पनि चार ओभरमा १८ रन खर्चिँदै दुई विकेट लिए। यस्तै  दिपेन्द्रसिंह ऐरीले एक विकेट लिए भने दुई विकेट रनआउटमा प्राप्त भएको हो।

सिरिजको फाइनल खेल्नका लागि आजको खेल जित्नै पर्ने दबाब छ। नेदरल्यान्ड्स यसअघि नै फाइनलमा पुगिसकेको छ।