हप्तामा कतिपटक कपालमा तेल लगाउनु सही ?

हप्तामा कतिपटक कपालमा तेल लगाउनु सही ?

एजेन्सी । लामो, सुन्दर तथा बाक्लो कपालका लागि तेल मालिस एकदमै जरुरी हुन्छ । तर हप्तामा कतिपटक तेल लगाउनु पर्छ भनेर धेरैलाई थाहा नहुनु पनि सक्छ । आज यहाँ हप्तामा कतिपटक तेल लगाउन सही हुन्छ भनेर हामी बताउनेछौं ।

 सुन्दर कपालका लागि तथा स्काल्पलाई स्वस्थ राख्नका लागि तपाईंले हप्तामा कम्तीमा एक पटक वा दुईपटक तेल अवश्य लगाउनुहोस् ।

तपाईंले आफ्नो कपाल जुन दिन धुनुहुन्छ त्यही दिन तेल लगाउनु पर्दछ ।

तपाईं आफ्नो कपालमा तेल  ३० देखि ४० मिनेट मात्र लगाउनुहोस् । त्यसपछि स्याम्पुले धुनुहोस् । तेललाई लामो समय कपालमा राखिरहनु नोक्सानदायक पनि हुन सक्छ ।

कपालमा तपाईं बदाम, नरिवल, तोरी, प्याज आदिको तेलहरु लगाउन सक्नुहुन्छ ।
त्यसो त तपाईं चिसै तेलले पनि टाउको मालिस गर्न सक्नुहुन्छ । तर मनतातो तेलले टाउको मालिस गर्दा यसले पोषण धेरै प्राप्त हुन्छ ।

कपालमा तेल लगाउँदा जराहरुमा पोषण दिन्छ, सुख्खापनबाट छुट्कारा पाइन्छ, कपाल मुलायम हुन्छ, कपाल झर्न रोकिएर कपाल बाक्लो हुन्छ ।

तपाईं कपालमा धेरै तातो तेल नलगाउनुहोस्, धेरै तेल पनि लगाउनु हुँदैन, अत्यधिक मालिस पनि गर्नु हुँदैन र एकदमै कडा रबरले कपाल बाँध्नु हुँदैन ।