गठबन्धन केही हुँदैन : शेरबहादुर देउवा

गठबन्धन केही हुँदैन : शेरबहादुर देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन कायमै रहने दाबी गरेका छन् ।

राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने माओवादी निर्णयसँगै सत्ता गठबन्धनबारे प्रश्न उठेको छ । तर, देउवाले भने गठबन्धन केही नहुने बताएका छन् ।

भरतपुर भ्रमण वर्षको उद्घाटन समारोहमा सहभागी हुन चितवन पुगेका देउवाले भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग अलग-अलग पार्टी भएकाले निर्णय गर्नु स्वभाविक भएको बताए । उनले भने, ‘अलग अलग पार्टी हो, निर्णय गर्यो त के भयो रु हामी पनि गर्छौं । तर गठबन्न्धन केही हुँदैन ।’

कृष्ण सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउने सहमति के हुन्छ त भन्ने प्रश्नमा उनले भने, ‘सरसल्लाह गरेर दिने हो । सल्लाह भइसकेको छ, फेरि हुन्छ ।’