टी–२० त्रिदेशीय क्रिकेट शृङ्खलाको तेस्रो खेलमा आज नामिबिया र नेदरल्यान्ड्स खेल्दै

टी–२० त्रिदेशीय क्रिकेट शृङ्खलाको तेस्रो खेलमा आज नामिबिया र नेदरल्यान्ड्स खेल्दै

टी–२० त्रिदेशीय क्रिकेट शृङ्खलाको तेस्रो खेलमा आज नामिबिया र नेदरल्यान्ड्स खेल्दैछन्। 

खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहान साढे ११ बजेदेखि शुरु हुनेछ। त्रिदेशीय शृङ्खलामा नेपालसहित नेदरल्यान्ड्स र नामिबिया रहेका छन्।

टी–२० श्रृखलामा नेदरल्यान्ड्स र नामिबिया पहिलो खेल खेल्न लागेका हुन्। यसअघि दुवै देशले नेपालसँग खेलिसकेका छन्। 

नेपाल पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको थियो भने दोस्रो खेलमा हिजो नेदरल्यान्ड्ससँग दुई रनले हारेको थियो।