सुदूरपश्चिमको पार्टी सिध्याउने डिजाइन अस्वीकार्य छ: खगराज भट्ट

सुदूरपश्चिमको पार्टी सिध्याउने डिजाइन अस्वीकार्य छ: खगराज भट्ट

काठमाडौं: नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशको इन्चार्जबाट हटाएपछि माओवादी केन्द्रका केन्द्रीय सदस्य खगराज भट्टले सुदूरपश्चिमको पार्टी सिध्याउने डिजाइन अस्वीकार्य भएको भन्दै असन्तुष्टि जनाएका छन्।

बुधबार प्रदेशहरूको इन्चार्ज र सहइन्चार्ज फेरिएको निर्णय सार्वजनिक भएको थियो। जसअनुसार, यसअघि भट्ट इन्चार्ज रहेको सुदूरपश्चिम प्रदेशमा अब गिरिराजमणि पोखरेललाई इन्चार्ज बनाइएको छ। सो प्रदेशको सहइन्चार्जको जिम्मेवारी विना मगरलाई दिइएको छ।

सुदूरपश्चिमको पार्टी सिध्याउने र मेरो ३४ बर्षको राजनीतिक जीवन समाप्त पार्ने डिजाइन अस्वीकार्य छु, भट्टले फेसबुकमा लेखेका छन्।

भट्टलाई हालै पार्टी संसदीय दलको नेताबाट पनि हटाइएको थियो। निर्वाचनअघि मुख्यमन्त्री भनेर प्रचार गरिएका उनी पार्टीले मुख्यमन्त्री नपाउँदै संसदीय दलको नेताबाट हटाइएका हुन्। भट्टमाथि भएको व्यवहारको पार्टी उपमहासचिव जनार्दन शर्माले पनि असन्तुष्टि जनाएका छन्। उनले बुधबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको असहमति पत्रमा सो विषय उल्लेख गरेका छन्।

अझ गम्भीर कुरा त सेती महाकालीमा केही समयदेखि इन्चार्ज बनाउन अध्यक्ष समेतको संलग्नतामा गरिएको गतिविधिहरुका आधारमा दर्जनभन्दा बढी कमरेडलाई बेवास्ता गर्दै, स्थायी समिति सदस्य खगराज भट्टलाई दल नेता र इन्चार्ज दुवैबाट पदच्युत गरी विकल्प नदिई अपमानित गरिएकोु, शर्माको पत्रमा उल्लेख छ।

उनले सो प्रदेशमा हाललाई बिना मगरलाई सह इन्चार्ज बनाउनुले सेती महाकालीमा पार्टीलाई अस्तव्यस्त पार्ने मात्र नभई कतिपय कामरेडलाई यो पार्टीमा स्थान नै छैन भन्ने सन्देश दिन गरिएको निर्णय आफैंमा गम्भीर रहेको उल्लेख गरेका छन्। खगराज भट्टलाई यो वा त्यो जिम्मेवारीबाट सन्तुलन नगरी राजनीतिक रुपबाट विस्थापित र अपमानित गर्ने कार्यप्रति आपत्ति प्रकट गर्दछुु, शर्माले असहमति पत्रमा भनेका छन्।