सावित्रा भण्डारीले वाफ महिला च्याम्पियनशिपकाे फाइनल नखेल्ने

सावित्रा भण्डारीले वाफ महिला च्याम्पियनशिपकाे फाइनल नखेल्ने

काठमाण्डौ : नेपाली महिला राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारीले वाफ महिला च्याम्पियनशिपको फाइनल खेल नखेल्ने भएकी छिन् ।

फ्रान्सेली क्लब एन अभान्ट ग्वेङ्गाम्पमा आबद्ध भण्डारीले भोलि जोर्डनसँग हुने फाइनल खेल नखेल्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।

क्लबसँगको सम्झौताअनुसार सावित्राले फिफा विन्डोमा आफ्नो देशका लागि खेल्न पाउने अनुमति थियो । फिफाले फेब्रुअरी १९ देखि २८ तारिखलाई महिलातर्फ फिपा विन्डो तोकेको थियो । समूह चरण र सेमिफाइनल खेल विन्डो अन्तर्गत थियो । फाइनल खेल भने फिफा विन्डो बाहिरको हो ।

हिजो भएको सेमिफाइनल खेलमा लेबनानलाई २–१ गोलले हराउँदै नेपाल फाइनलमा पुगेको थियो ।