नेपालले लियो नेदरल्यान्ड्सको पहिलो विकेट

नेपालले लियो नेदरल्यान्ड्सको पहिलो विकेट

काठमाडौं: त्रिदेशीय टी-२० श्रृंखला अन्तर्गत नेपालले नेदरल्याण्डको पहिलो विकेट लिएको छ। करण केसीले नेदरल्याण्डका ओपनिङ ब्याट्सम्यान म्याक्स ओ डाउडको विकेट लिन सफल भएको हो।

यसअघि नामिबियासँग पराजित भएको नेपालले आजको खेलमा जित हात पार्ने लक्ष्य राखेको छ।

नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको थियो। नेदरल्याण्डले ४ ओभरमा ५० रन बनएको छ।