युरोप भ्रमण सकाएर स्वदेश फर्किए प्रधानमन्त्री ओली

युरोप भ्रमण सकाएर स्वदेश फर्किए प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली एक साता लामो  विदेश भ्रमण सकाएर स्वदेश फर्किएका छन् । युरोप भ्रमणका लागि गत जेठ २५ गते युरोप प्रस्थान गरेका ओली आइतबार बिहान कतार एयरवेजको विमानमार्फत काठमाडौं आइपुगेका हुन् ।

ओलीसहितको टोलीलाई  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, सभामुख कृष्णबहादुर महरालगायतले स्वागत गरेका छन् । 

नेकपाका विभिन्न तहका नेता तथा कार्यकर्ता पनि प्रधानमन्त्री ओलीको स्वागतका लागि विभानस्थल पुगेका छन् । ओलीले अहिले आफ्नो भ्रमणबारे सञ्चारकर्मीलाई जानकारी गराउँदै छन् ।