प्रधानमन्त्री प्रचण्डले आज समितिलाई जवाफ दिने

प्रधानमन्त्री प्रचण्डले आज समितिलाई जवाफ दिने

काठमाडौं । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बोलाएको छ । बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्रीलाई छलफलका लागि बोलाइएको समितिले जनाएको छ ।

आजको बैठकमा समितिमा उठेका सवाल र निर्देशनहरूका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची छ ।

विगतमा समितिले नेपाल सरकारलाई दिएका निर्देशन र ध्यानाकर्षण गराएका विषयको हालसम्मको कार्यान्वयनको अवस्थाका बारेमा जवाफ माग्न प्रधानमन्त्री दाहाललाई बोलाइएकोे समितिले जनाएको छ ।