सरस्वती विद्यालयको ३४ औं वार्षिकोत्सव, मन्त्री देउवाले भने –‘सामुदायिक विद्यालयको शैक्षिक स्तर खस्कदै छ’

सरस्वती विद्यालयको ३४ औं वार्षिकोत्सव, मन्त्री देउवाले भने –‘सामुदायिक विद्यालयको शैक्षिक स्तर खस्कदै छ’

धनगढी । कैलालीको गौरिगंगा नगरपालिका वडा नम्बर १० स्थित सरस्वती माध्यामिक विद्यालयको ३४ औ वार्षिकोत्सव मनाइएको छ । विद्यालयको आफ्नै प्राङ्गणमा सांस्कृतिक कार्यक्रमसहित विभिन्न गतिविधि गर्दै वार्षिकोत्सव मनाइएको हो । विद्यालयका अध्यक्ष राजबहादुर साउदको अध्यक्षतामा भएको कार्यक्रमको भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवाले समुद्घाटन गरे ।

सो अवसरमा उनले विद्यालयले ग्रामिण क्षेत्रका वालवालिकाको गुणस्तरीय शिक्षा र खेलकुदमा विषेश जोड दिईरहेको बताए । ‘शिक्षा मुलुकको आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपान्तरणको राजमार्ग हो । यसले हरेक व्यक्तिको सर्वांगीण विकास गर्दै असल, योग्य, सक्षम, प्रतिस्पर्धी र उत्पादनमूलक जनशक्ति तयार गर्न मद्दत गर्छ । त्यसैले शिक्षालाई देश विकासको पूर्वाधारको पनि प्रमुख पूर्वाधारका रूपमा लिइन्छ’ उनले भने –‘देशमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिका लागि शिक्षाले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । सीपमूलक, वैज्ञानिक, व्यावहारिक एवं गुणस्तरीय शिक्षा समृद्ध नेपालको आधारशिला हो । मुलुकको सर्वांगीण विकासको मूल आधार शिक्षा नै भएकाले गुणस्तरीय शिक्षामा सबै नागरिकको समतामूलक र न्यायोचित पहुँच र अध्ययन सँगै काम गर्ने, जीवनउपयोगी शिक्षा प्रदान गर्नु आजको आवश्यकता  हो ।’
 
मन्त्री देउवाले प्राविधिक विश्वविद्यालय स्थापना भए पछि यस क्षेत्रमा प्रविधिक जनशक्ति निर्माण भै यहाँको रोजगारी र अन्य गुणस्तरीय जिवन यापनमा सहज हुने सरकारको लक्ष्य रहेको बताए ।

उनले संविधानले शिक्षालाई नागरिकको मौलिक हकको रुपमा स्थापित गरेको बताउँदै ‘सो हकको व्यावहारिक कार्यान्वयनको दायित्व तिनै तहका सरकारको रहने व्यवस्था गरेको छ । विद्यालयको व्यवस्थापन देखि संचालन र नियमन सबै कार्य स्थानिय सरकारलाई अधिकार प्रत्यायोजन गरेको छ । दिर्घकालिन सोच एवम् दिगो बिकासको लक्ष्य प्राप्त गर्न समन्वयमा आधारित गुणस्तरीय शिक्षा सबैमा पु¥याउने प्रयास स्वरुप नेपाल सरकारको पन्ध्रौ योजना कार्यान्वयमा रहेकोछ । यसरी शिक्षामा सबैको पहुँच पु¥याउन तीनै तहका सरकारको साझा लक्ष्य हुनु पर्दछ ।’
 
उनले अहिले विद्यालय उमेर समुहका बालबालिकाहरुको उल्लेख्य संख्यामा विद्यालय बाहिर रहेको र विद्यालय छोडने तथा कक्षा दोहोर्याउने दर बढी भैरहेको तथ्याँकले देखाई रहेको बताए । ‘ठुलो संख्यमा विद्यार्थी बिज्ञान, गणित र अंग्रेजी विषयको सिकाई उपलव्धी कमजोर र भौगोलिक, जातिगत र लैगिक आधारमा पनि सिकाई उपलव्धी फरक फरक तथा  सामुदायिक विद्यालयहरुमा पर्याप्त शिक्षक, उपयुक्त  भौतिक पूर्वाधार एवम् स्रोतसाधनको व्यवस्थापन हुन सकिरहेको छैन’ उनले भने । 
उनले सामुदायीका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको औषत सिकाई तुलनात्मक रुपमा न्यून हुनु, शैक्षिक व्यवस्थापनमा सुशासनको पक्ष कमजोर रहनु, प्रविधिक र व्यवसायिक शिक्षामा पहुँच र गुणस्तरमा कमजोर रहनु, शिक्षा नवीनतम प्रविधिकको प्रयोग गर्ने पूर्वाधार र सीप युक्त जनशक्ति  अभाव हुनु मुल समस्यका रुपमा देखिएको बताए ।

उनले योजनाका नाममा भ्रष्टाचारलाई प्रसय नदिने बताए । ‘हामी जनतालाई प्रदेश सरकार हाम्रो सरकार हो भन्ने विश्वास दिलाउने बातावरणका लागि सरकारबाट हुने सेवाप्रबाहालाई सहजता र बिकासलाई आवश्कताका आधारमा प्राथमिकिकरण गरि बिकास देखिने र जनताले महशुस गर्ने गरि निर्माण गर्ने र भ्रष्टाचारलाई सुन्य सहनशिलता नीति अबलम्वन गरि सुशासन कायम गर्ने छ भन्ने विश्वास दिलाउछु’ उनले भने ।

गौरिगंगा नगर उपप्रमुख भोजबहादुर बमले स्थानीय तहले विद्यालयको मागका आधारमा भौतिक पूर्वाधार, खानेपानी, शौचालय लगायतको व्यवस्थापनमा ध्यान दिनुका साथै शिक्षाको सुधारमा जोड दिइरहेको बताए ।

विद्यालयका शिक्षक देबबहादुर कुमालले स्वागत गरेको कार्यक्रममा विद्यार्थीहरुले विभिन्न कला, संस्कृति, नाचगान गर्नुका साथै उत्कृष्ट विद्यार्थी, वार्षिकोत्सवको अवसरमा आयोजित खेलकुद प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेहरुलाई पुरस्कृत गरिएको थियो ।

यस्तै, वार्षिकोत्सवको अवसरमा प्रदेश सरकारद्धारा नवनिर्मित विद्यालयको चार कोठे भवनको मन्त्री देउवाले रिवन काटेर समुदघाटन गरे । ३० लाख लागतमा बनेको सो भवनको समुद्घाटन गर्दै मन्त्री देउवाले भने ‘अगामी वर्षको वार्षिक बजेटमा यस सरस्वती माध्यामिक विद्यालयको भौतिक विकास र तथा सभाहलका लागि आवश्यक बजेट विनियोजनका लागि सहजीकरण गर्ने प्रतिद्धता व्यक्त गर्दछु ।’