धनगढीमा २ सय भन्दा बढि भुस्याहा कुकुरको बन्ध्याकरण गरीनुका साथै रेविज विरुद्धको खोप लगाइयो

धनगढीमा २ सय भन्दा बढि भुस्याहा कुकुरको बन्ध्याकरण गरीनुका साथै रेविज विरुद्धको खोप लगाइयो

कैलालीको धनगढीमा २ सय भन्दा बढि भुस्याहा कुकुरको बन्ध्याकरण गरीनुका साथै रेविज विरुद्धको खोप लगाइएको छ ।

यही फागुन १३ गते देखि सुरु भएको उक्त अभियान मंगलवार सम्पन्न भएको आयोजक भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, धनगढी कैलालीका प्रमुख डा.हेमराज अवस्थीले धनगढी खबरलाई जानकारी दिए ।

सिटीभेट क्लिनिकको प्राविधिक सहयोग तथा भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, धनगढी कैलालीको आयोजनामा सम्पन्न उक्त अभियानमा कुल २ सय भुस्याहा कुकुरको बन्ध्याकरण गरी रेविज रोग विरुद्धको खोप लगाउने लक्ष्य रहेको भएपनि अभियान सम्पन्न हुदा सम्म लक्ष्य भन्दा बढि कुल २ सय ९ वटा भुस्याहा कुकुरमा बन्ध्याकरणसंगै रेविज रोग विरुद्धको खोप लगाइएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, धनगढी कैलालीका प्रमुख डा.हेमराज अवस्थीले बताए ।

कैलाली जिल्ला भर कुल ७ सय भुस्याहा कुकुरको बन्ध्याकरण गर्ने र रेविज विरुद्धको खोप लगाउने लक्ष्य रहेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, धनगढी कैलालीले जनाएको छ ।

यही फागुन १६ गतेबाट कैलालीको गोदावरी नगरपालिकामा पनि उक्त अभियान सञ्चालन गरिने भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, धनगढी कैलालीका प्रमुख डा.हेमराज अवस्थीले बताए ।

साथै निकट भविष्यमै कैलालीको टीकापुर नगरपालिकामा पनि उक्त अभियान सञ्चालन गरिने उहाले बताउनु भयो ।

भुस्याहा कुकुरको संख्या नियन्त्रण गर्न तथा रेविज रोगको नियन्त्रण तथा निदानका लागि बन्ध्याकरणसंगै रेबिज रोग विरुद्धको खोप लगाउने अभियान आफुहरुले सुरु गरेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, धनगढी कैलालीका प्रमुख डा.हेमराज अवस्थीले बताएका छन् ।