सपथ ग्रहणसँगै नेकपा पार्टीले नयाँ गति लिने : नेता रावल

सपथ ग्रहणसँगै नेकपा पार्टीले नयाँ गति लिने : नेता रावल

अछाम : नेपाल कम्युनिष्ट पार्टी नेकपाका सुदुरपश्चिम प्रदेशका सबै जिल्लामा कमिटीले पूर्णता पाएको छ । जेठ २५ गते कैलाली र कञ्चनपुरका जिल्ला कमिटीलाई शपथ ग्रहण गराएर शुरु भएको कमिटी पूर्णताको कार्य शनिबार बिहान अछाम जिल्ला कमिटीका सदस्यलाई सपथ गराएसँगै सकिएको छ ।

प्रेस संगठन अछामले सदरमुकाम मंगलसैनमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेकपा सुदूरपश्चिम ईन्चार्ज समेत रहेका नेता रावलले सबै जिल्लामा सपथ ग्रहणसँगै अब पार्टीले नयाँ गति लिने बताए । पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता रावलले सुदूरपश्चिमका विभिन्न योजना तथा कार्यक्रममा आवश्यक बजेट विनियोजनका लागि आफूहरुले निरन्तर आवाज उठाइरहेको बताए ।

प्रदेश सरकारले पनि बजेट विनियोजन गर्दा सबै जिल्लामा आवश्यकता तथा समानताका आधारमा बजेट विनियोजन गरिनुपर्नेमा जोड दिए । नेपालको संविधान, नेकपाको घोषणापत्र आदीले प्रेस स्वतन्त्रताको हनन गर्ने कुरा कल्पना समेत नगरेको भन्दै नेता रावलले हाल संसदमा प्रस्तुत मिडिया काउन्सिल विधेयकले पनि त्यसो नगर्ने दाबी गरे । प्रेस स्वतन्त्रतामा खलले पुग्ने देखिए त्यो सुधार हुने उनको भनाई छ ।