नामिबियाका लोफ्टीले तोडे कुशल मल्लको कीर्तिमान

नामिबियाका लोफ्टीले तोडे कुशल मल्लको कीर्तिमान

काठमाडौं । नामिबियाका निकोल लोफ्टी-इटनले टी-२० आई क्रिकेटमा कुशल मल्लको कीर्तिमान तोडेका छन् ।

त्रिवि क्रिकेट मैदान कीर्तपुरमा ३३ बलमा शतक पूरा गर्दै निकोलले कुशलको कीर्तिमान तोडेका हुन् ।

कुशलले चीनमा मंगोलियाविरुद्ध ३४ बलमा शतक पूरा गरेका थिए ।

निकोलले ११ चौका र ८ छक्काको मद्दमा ३३ बलमा शतक पूरा गरेका हुन् । कुशलले ६ चौका र ९ छक्का हानेर शतक पूरा गरेका थिए ।