नामिबियाविरुद्ध नेपाललाई दोस्रो सफलता

नामिबियाविरुद्ध नेपाललाई दोस्रो सफलता

त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध घरेलु टोलीलाई दोस्रो सफलता मिलेको छ। 

जारी खेलमा करण केसी र रोहित पौडेलले १र१ विकेट लिएका हुन्। 

छैटौँ ओभरको पाचौँ बलमा करण केसीले ओपनर माइकल भान लिंगेनलाई गुल्सन झाको हातबाट क्याच आउट गराएका थिए। 

त्यसैगरी ९ ओभरको दोस्रो बलमा ११ रन बनाएका नामिबियाका जेपी कोट्जेलाई पौडेलले विवेक यादवको हातबाट क्याच आउट गराए।  

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको नामिबियाले ९ ओभरमा २ विकेटको क्षतिमा ५३ रन बनाएर खेलिरहेको छ।