नामिबियाविरुद्ध नेपाल फिल्डिङमा

नामिबियाविरुद्ध नेपाल फिल्डिङमा

काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा नेपाल आज नामिबियाविरुद्ध पहिले फिल्डिङमा उत्रिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर नामिबियाका कप्तान जेजे स्मिथले ब्याटिङको निर्णय गरे । नेपाललाई फिल्डिङको निम्तो दिए ।

जारी खेलको पहिलो ओभर सकिँदा नामिबियाले विकेट नगुमाई नौ रन बनाएको छ । त्रिदेशीय शृंखलामा नेपाल र नामिबियासँगै नेदरल्यान्ड्स सहभागी छन् ।