आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत अष्ट्रेलियाका कप्तान एरोन फिंचले शतक पूरा गरेका छन् । दी ओभलमा भइरहेको श्रीलंकाविरुद्धको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाका लागि उनले शतक पूरा गरेका हुन् ।
९७ बल खेलेका उनले ८ चौका र ४ छक्काको सहयोगमा १०१ रन पूरा गर्दै शतक बनाउँन सफल भए । एकदिवसीय क्रिकेटमा पिंmचको यो १४ औँ शतक हो । ३३ ओभरको खेल पूरा हुँदा अष्ट्रेलियाले दुई विकेट गुमाउँदै १८५ रन पूरा गरेको छ ।
आजको खेलमा दुबै टोली जित निकाल्ने योजनामा हुनेछन् । श्रीलंका आजको खेलमा जित निकाल्दै शीर्ष चारमा उक्लने योजनामा हुनेछ । यता बलियो टोली अष्ट्रेलिया आजको खेलमा जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लने योजनामा हुनेछ ।