शैलेश्वरी इग्लिंस बोर्डिङ स्कुलको २१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

शैलेश्वरी इग्लिंस बोर्डिङ स्कुलको २१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ६ जाई स्थित शैलेश्वरी इग्लिंस बोर्डिङ स्कुलको २१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाइएकोे छ ।

वार्षिकोत्सवको अवसरमा आफनै प्राङ्गणमा विविध सांस्कृतिक प्रस्तुतिसहित विशेष समारोहको आयोजना गरिएको हो ।

विद्यालयका संस्थापक अध्यक्ष नृपबहादुर वडको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश प्रमुख देवराज जोशी प्रमुख अतिथि रहेका थिए ।

सो अवसरमा बोल्दै प्रदेश प्रमुख जोशीले विद्यालयलाई समय परिवेश अनुसार स्थापित गर्दै लग्न जरुरी रहेको बताए । उनले विद्यालयले विद्यार्थीहरुलाई संस्कारसहितको आधुनिक तथा वैज्ञानिक शिक्षा जोड दिनुपर्ने सुझाव दिए ।

कार्यक्रममा एश्वर्य बहुमुखी क्याम्पसका धर्मदेव भट्ट, मयुर स्कुलका पदमबहादुर साउद लगायत विभिन्न विद्यालयका शिक्षक, राजनीतिक दल, समाजसेवी तथा अभिभावकहरुको सहभागिता रहेको थियो ।

समाजसेवी कल्पना भट्ट सम्मानित

दृष्टी फाउण्डेसनकी सञ्चालक तथा समाजसेवी कल्पना भट्टलाई नगद सहित सम्मानित गरिएको छ । मानवसेवामा योग्दान पुर्याएको भन्दै विद्यालयले वार्षिकोत्सवको अवसरमा भट्टलाई सम्मानित गरेको हो ।

प्रदेश प्रमुख देवराज जोशीले सम्मान पत्र र नगद भट्टलाई हष्तान्तरण गरे । विद्यालयले उनलाई प्रमाणपत्र, दोसल्ला ओढाउँदै नगद एघार हजार एक सय एघार रकम सहित सम्मान गरेको विद्यालयका प्राध्यापक जगन्नाथ जोराले जानकारी दिए ।

फाउण्डेसनलाई सञ्चालनमा सहयोग पुगोस भन्ने उद्देश्यले विद्यालयकी अभिभाव कल्पना गिरीले नगद सहयोग गरेकी छिन् । उनले फाउण्डेसनलाई एघार हजार पाँच सय रकम सहयोग गरेकी थिइन् ।

नृत्य प्रस्तुतसहित विद्यार्थीलाई सम्मानित

विद्यालयले वार्षिकोत्सवको अवसरमा विद्यार्थिका कला तथा नृत्य प्रस्तुत गर्नुका साथै वर्ष उत्कृष्ट विद्यार्थी र उत्कृष्ट हाउसलाई सम्मानित गरेको छ ।

विद्यालयमा कक्षा ९ मा पढ्दै आएकी रितु तिवारी उत्कृष्ट विद्यार्थीबाट र ब्लु हाउसलाई हाउस अफ दि इयरबाट सम्मानित गरिएको छ भने २०७९ मा कक्षामा उत्कृष्ट भएका, वार्षिकोत्सवको आयोजनामा भएका प्रतियोगितामा विजयी भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

विद्यालयको वार्षिक प्रतिवेदन प्राध्यापक जगन्नाथ जोराले प्रस्तुत गरेका थिए । विद्यालय २०६० सालमा स्थापना भएको थियो । हाल सो विद्यालयमा कक्षा ९ सम्म अध्यापन हुँदै आएकोमा नयाँ शैक्षिक सत्रदेखि कक्षा १० सम्म अध्यापनका लागि अनुमति लिइसकेको उनको भनाई छ ।