घोडोघाडी नगरपालिका १० पहलमानपुरमा रहेको निर्माणाधिन कोल्ड स्टोरमा आग लागी भएको छ ।शनिवार दिउँसो ३ बजे भएको आगलागीबाट कोल्डस्टोरमा एक करोड बढीको क्षति भएको बताइएको छ ।
स्थानियबासी, दमकल र प्रहरीको सक्र्रियतामा आगोलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । समय मै आगोलाई नियन्त्रणमा लिदा ठुलो क्षेति हुन बाट जोगिएको बताईएको छ ।
निर्माणाधिन कोल्ड स्टोरको छेउमा ओल्डीनको काम भईरहेको र त्यसको झिल्का परेर आगो लागेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।