नुहाएपछि पानी पिउँदा के हुन्छ ?

नुहाएपछि पानी पिउँदा के हुन्छ ?

एजेन्सी । स्वस्थ शरीरका लागि प्रर्याप्त मात्रामा पानी पिउनु एकदमै जरुरी हुन्छ । शरीरमा पानीको कमीले गर्दा विभिन्न समस्याहरुको सामना गर्नुपर्ने हुन्छ ।

नुहाएपछि पानी पिउँदा के हुन्छ भन्ने प्रश्न धेरैको मनमा आउने गर्छ । आज हामी नुहाएपछि पानी पिउँदा शरीरमा कस्तो प्रभाव पर्छ यसबारेमा बताउनेछौं ।

स्वास्थ्य विशेषज्ञको भनाईअनुसार नुहाएपछि शरीरको रक्तचाप थोरै बढेको हुन्छ । यस्तोमा नुहाएपछि पानी पिउँदा शरीरको रक्तचापलाई नियन्त्रण गर्न सहयोग पुग्दछ । स्वस्थ रहनका लागि तपाईं बिहान उठेर पानी पिउनुहोस् यसो गर्नाले शरीरको विषाक्त पदार्थ बाहिर निस्कन्छ । यसबाहेक तपाईं नुहाएपछि वा खाना खानुभन्दा आधा घण्टा पहिला वा आधा घण्टा पछि पानी पिउनुहोस् ।

बिहान उठेर नुहाएपछि र खाना खानुभन्दा आधा घण्टा पहिला एक गिलास पानी पिउनु फाइदाजनक हुन्छ । यसले पानीको सही मात्रा शरीरमा पुग्छ । नुहाएपछि शरीर सुख्खा पनि भएको हुन्छ जसले गर्दा डिहाइड्रेशनको एकदमै आवश्यकता पर्दछ । त्यसैले नुहाएपछि पानी पिउनु शरीरसँगै छालाका लागि पनि फाइदाजनक हुन्छ ।