नन्दीनाज एकेडेमीको अभिभावक दिवस तथा दीक्षान्त समारोह सम्पन्न

नन्दीनाज एकेडेमीको अभिभावक दिवस तथा दीक्षान्त समारोह सम्पन्न

धनगढी । दुई दिनदेखि जारी नन्दीनाज एकेडेमीको अभिभावक दिवस तथा दिक्षान्त समारोह शनिवार सम्पन्न भएको छ

समारोहको पहिलो दिनको उद्घाटन सुदूर पश्चिम प्रदेश सरकारमा मुख्य न्यायधिवक्ता ठेकेन्द्र राज जोशीले गरेका थिए भने दोस्रो दिनको उद्घाटन नन्दीनाज एकेडेमीका कार्यकारी निर्देशक महेश बिष्टका आमा पूर्णादेवी बिष्ट, वडा नम्बर ५ का अध्यक्ष गजेन्द्र बहादुर शाहीले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मुख्य न्यायधिवक्ता ठेकेन्द्र राज जोशीले नन्दीनाज एकेडेमीले संस्कार सहितको शिक्षामा जोड दिएको भन्दै प्रशंसा गरे ।

उनले नन्दीनाज एकेडेमीले पढाईसंगै अतिरिक्त क्रियाकलाप र जीवनोपयोगी शिक्षा दिएर धनगढीमा छुट्टै छाप छोडेको बताए । अतिथि दीर्घराज उपाध्यायले धनगढीमा मण्टेश्वरीको अवधारणालाई भित्र्याउने श्रेय नन्दीनाजलाई जाने बताए ।

उनले कुटेर र तर्साएर पढाउने संस्कृतिले विद्यार्थीहरुमा नकारात्मक असर पर्ने भएकोले आजको आवश्यकता भय रहित सिकाई भएको बताए । शिक्षकसंग विद्यार्थीहरु नडराउन । उनले भने, बच्चाहरु विद्यालयको वातावरण यस्तो होस, जहाँ उनीहरु खुशी साथ जाउन । जहाँ जान उनीहरु नडराउन ।

नन्दीनाज एकेडेमीका कार्यकारी निर्देशक महेश बिष्टले विद्यार्थी संख्या भन्दा गुणस्तरीय शिक्षामा नन्दीनाजले जोड दिएको बताए । उनले पढाईसंगै बिद्यार्थीहरुको बहुआयामिक विकासलाई नन्दीनाज एकेडेमीले प्राथमिकता दिएको बताए ।

नन्दिनाज एकेडेमीकी प्रिन्सिपल सञ्जु आचार्यले १० वर्षअघि २६ विद्यार्थीबाट शुरु भएको नन्दीनाजमा हाल पाँच सय विद्यार्थी रहेको जानकारी दिईन । 

उनले गुणस्तरीय शिक्षा, बालमैत्री व्यबहार र वातावरणका कारण नन्दीनाज एकेडेमी अभिभावकहरुको रोजाईमा पर्न सफल भएको बताईन । ग्लोबल नेपाली भाषा पाठशाला टेक्सास अमेरिकाका प्रिन्सिपल भोज बहादुर बलायरले शिक्षामा आधुनिकरणका नाममा आफ्नो भाषा, संस्कृति, परम्परा र मौलिकताको उपेक्षा गर्न नहुनेमा जोड दिए ।

उनले नन्दीनाज एकेडेमीले नेपाली भाषा, संस्कृति, परम्परा र मौलिकताको जगेर्नाका लागि गरिरहेको कोसिसको प्रशंसा गरे । बलायरले अमेरिकाको टेक्सासमा ग्लोबल नेपाली भाषा पाठशाला मार्फत नेपाली

बालबालिकाहरुलाई आफ्नो भाषा, संस्कृति, परम्परा प्रति सजक र जागरुक गर्ने गरेको सुनाए । 

ग्यालेक्सी माध्यामिक विद्यालयका प्रिन्सिपल छत्रराज पण्डितले  धनगढीका दर्जनौ विद्यालयहरुको माझमा गुणस्तरीय शिक्षाका कारण नन्दीनाज एकेडेमीले फरक पहिचान बनाउन सफल भएको बताए ।

वार्षिकोत्सवको पहिलो दिन आयोजित दिक्षान्त समारोहमा प्रमुख अतिथि मुख्य न्यायधिवक्ता जोशीले प्रि वान र प्रि टुका विद्यार्थीलाई सर्टिफिकेट प्रदान गरेका थिए ।

समारोहको दोस्रो दिन कक्षा ३ मा अध्ययनरत नित्या पन्तका बुवा  अंकुश पन्त र आमा रिता पन्त र नर्सरीमा अध्ययनरत प्रशंसा कुञ्जेडाका बुवा टेकन्द्र सिंह कुञ्जेडा र आमा खुशी कुञ्जेडालाई उत्कृष्ट अभिभावकका रुपमा सम्मान गरिएको थियो । 

त्यस्तै कक्षा ६ अध्ययनरत स्पर्श लेखक, कक्षा ३ का सोहिल्या लेखकलाई अपि बेसक्याम्पको यात्रा पुरा गरेको उनीहरुसंगै अभिभावकद्धय बिनोद लेखक र छाँया लेखकलाई सम्मान गरिएको थियो ।

यसअघि पहिलो दिन प्रि स्कुल तर्फ पाँच कक्षामा अध्ययनरत विद्यार्थी सहेन बिनाडीका बुवा निरज बिनाडी र आमा गिता फुलारा बिनाडी, प्रि वानमा अध्ययनरत तृष्पा कुश्मीका बुवा रमित कुश्मी र आमा चन्द्रिका चौधरीलाई उत्कृष्ट अभिभावकका रुपमा सम्मान गरिएको थियो ।