माटोको ढिस्कोले पुरिएर कैलालीमा एक युवतीको ज्यान गयो

माटोको ढिस्कोले पुरिएर कैलालीमा एक युवतीको ज्यान गयो

धनगढी : कैलालीको घोडाघोडी नगरपालिकामा माटोको ढिस्कोले पुरिएर एक युवतीकको ज्यान गएको छ । घोडाघोडी नगरपालिका ४ जनकपुरका बिष्णु भण्डारीकी १७ बर्षिय छोरी रेश्मा भण्डारी रहेको प्रहरीले जनाएको छ ।

घर नजिकैको मेलघट्टी सामुदायिक बनमा घर लिप्नका लागि माटो खन्ने बेला माथी बाट माटोको ढिस्को खसेर युवतीको घटनास्थलमै मृत्यु भएको हो।