कैलालीमा लागु पदार्थ सहित एक जना पक्राउ

कैलालीमा लागु पदार्थ सहित एक जना पक्राउ

कैलालीमा लागु पदार्थ सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धनगढी उ.म.न.पा.३ भन्सार रोडबाट १५० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहितऐ.गोदावरी न.पा. २ बस्ने बर्ष २७ को राजन मल्ललाईआईतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगर, कैलालीबाटसंयुक्त रुपमा खटिएको प्रहरी टोलीले शंका लागिचेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि,उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।