टस जितेर बलिङ गर्दै श्रीलंका

टस जितेर बलिङ गर्दै श्रीलंका

आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत श्रीलंकाले टस जितेर पहिले बलिङ गर्ने भएको छ । दी ओभलमा केहीबेरमा अष्ट्रेलियाले श्रीलंकाविरुद्ध ब्याटिङ थाल्नेछ । 

आजको खेलमा दुबै टोली जित निकाल्ने योजनामा हुनेछन् । श्रीलंका आजको खेलमा जित निकाल्दै शीर्ष चारमा उक्लने योजनामा हुनेछ ।

यस अघिका चार खेल मध्य एक खेलमा जित, दुई खेलमा बराबरी र एक खेलमा पराजित भएको श्रीलंका ४ सहित तालिकाको पाँचौ स्थानमा छ । आजको खेलमा जित निकाल्दै श्रीलंका शीर्ष चारमा उक्लने योजनामा हुनेछ ।

यता बलियो टोली अष्ट्रेलिया आजको खेलमा जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लने योजनामा हुनेछ । यस अघि चार खेल खेलेको अष्ट्रेलिया तीन खेलमा जित र एक खेलमा पराजित हुँदै ६ अंकसहित तालिकाको तेस्रो स्थानमा छ ।