नेपाल १७२ रनमै अलआउट

नेपाल १७२ रनमै अलआउट

काठमाडौं । आईसीसी क्रिकेट वर्ल्डकप  लिग टूमा नेपालले नेदरल्याण्ड्सलाई १७३ रनको लक्ष्य दिएको छ ।

आइतबार क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेलको अर्धशतकको मद्दतमा ४९.३ ओभरमा सबै विकेट गुमाएर १७२ रन बनायो ।

नेपालको सुरुवात राम्रो थियो । ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ४२ रनको साझेदारी गरेका थिए । तर नवौं ओभरको तेस्रो बलमा यो साझेदारी टुटेसँगै नेपालले निरन्तर विकेट गुमायो ।

महत्वपूर्ण ६ विकेट गुमाउँदा नेपालको स्कोर ९४ रन मात्र थियो । आठौं नम्बरमा आएका आरिफ शेखले टिकेर खेल्ने प्रयास गरे । उनले सातौं विकेटका लागि भुर्तेलसँग २८ रनको साझेदारी गरे । त्यसक्रममा भुर्तेलले अर्धशतक पूरा गरे ।

तर ३७ औं ओभरको तेस्रो बलमा भुर्तेल ६६ रनमा आउट हुन पुगे । थप १३ रन जोड्दा गुल्सन झा व्यक्तिगत ५ रनमा आउट भए । करण केसीले आक्रामक पारी खेल्दै आरिफसँग नवौं विकेटका लागि ३६ रनको साझेदारी गरे ।

तर ४९औं ओभरको दोस्रो बलमा आरिफ ९ रनमा आउट भए भने अर्को ओभरको तेस्रो बलमा बास डि लिडले करणको विकेट लिएपछि नेपाल १७२ रनमा अलआउट भयो ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा नेदरल्याण्ड्सका आर्यन दत्त र भिभयन किंग्माले समान ३–३ विकेट लिए भने बास डि लिडले २ तथा रोलेफ भान डर मर्वेले एक विकेट लिए ।