माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दैछ ।

बैठक आज बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु हुनेछ । बैठकमा माओवादी रुपान्तरण विशेष अभियानअन्तर्गत राम्रो काम गर्नेलाई सम्मान र काममा नखटिएकाहरूलाई कारबाहीका साथै सम्मानित र कारबाहीमा परेका तीनरतीन जनाको नाम सार्वजनिक गरिने बताइएको छ ।

साथै स्थायी कमिटी सदस्यहरूले उठाएको प्रश्नको प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको छ ।