अक्सफोर्डले मनायो १४औं बार्षिकोत्सव: अंकमा भन्दा विद्यार्थीको व्यवहार परिवर्तन गर्ने शिक्षाको खाँचो छ: चन्द

अक्सफोर्डले मनायो १४औं बार्षिकोत्सव: अंकमा भन्दा विद्यार्थीको व्यवहार परिवर्तन गर्ने शिक्षाको खाँचो छ: चन्द

धनगढी । धनगढी–४ स्थित अक्सफोर्ड युनिभर्स रेडिक्स (आवर) माध्यामिक विद्यालयले विविध कार्यक्रम गरी आफ्नो १४औं बार्षिकोत्सव कार्यक्रम मनाएको छ ।

बार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथी रहेका प्रदेश प्राध्यापक संघका अध्यक्ष प्राध्यापक डा. राजन्द्रबिर चन्दले विद्यार्थीको सर्टिफिकेटमा राम्रो नम्बर भएर मात्रै शिक्षा आर्जन भएको मान्न नसकिने भन्दै व्यवहारिक ज्ञान दिन शैक्षिक संस्थालाई आग्रह गरे । 

‘सर्टिफिकेटमा राम्रो नम्बर आएका भन्दा व्यवहारिक ज्ञान आर्जन गरेका विद्यार्थी परिवार, समाज र राष्ट्रका लागि योगदान दिन सक्छन्,’ चन्दले भने, ‘त्यसैले प्रमाणपत्रमा आउने नम्बर भन्दा व्यवहारिक ज्ञान भएका विद्यार्थी उत्पादनमा शैक्षिक संस्थाले ध्यान दिनु जरुरी छ ।’

उनले पछिल्लो समय विद्यार्थीमा नैतिक शिक्षाको खाँचो देखिएको बताउँदै विद्यार्थीलाई संस्कारी र नैतिकवान बनाउन विद्यालय र अभिभावकलाई आग्रह गरे । त्यसका लागि विद्यालय भन्दा अभिभावक बढी जिम्मेवार बन्नुपर्नेमा उनले जोड दिएका छन् । ‘आफ्ना बालबालिकालाई कस्तो बनाउने भन्ने कुरा अभिभावको भूमीकामा बढी निर्भर हुन्छ,’ चन्दले भने, ‘तर पछिल्लो समय अभिभावकले आफ्ना बालबालिकालाई हाम्रो संस्कार सिकाउन भन्दा लुकाउनमा ध्यान केन्द्रित गरेको पाइन्छ, त्यो हाम्रालागि राम्रो होइन ।’  

एसपिए कलेजका क्याम्पस प्रमुख योगराज उपाध्याले आफ्ना सपनालाई साकार पार्न कडा मेहनत गर्न विद्यार्थीलाई सुझाव दिए । अहिले राम्रो मेहनत गरे भविश्य उज्वल हुने बताउँदै उपाध्यायले शिक्षक, अभिभावक र सुवेक्षकका कुरालाई सकारात्मक रुपमा लग्न पनि विद्यार्थीलाई सुझाव दिए । पछिललो समय सामाजिक सञ्जालमा विद्यार्थी पनि सक्रिय हुने गरेको बताउदै उनले सामाजिक सञ्जाल प्रयोग गर्दा त्यसमा भएका सकारात्मक कुरा सिक्न आग्रह गरे ।

अभिभावक सामाजिक सञ्जालमा व्यस्त हुँदा बालबालिकालाई पनि त्यसको प्रभाव पर्ने भन्दै क्याम्पस प्रमुख उपाध्यायले आफ्ना बालबालिकाको भविश्यलाई ख्याल गरेर भएपनि सामाजिक सञ्जालमा धेरै समय नविताउन आग्रह गरे । ‘आफ्ना बालबालिकाले के गरिररहेको छ, उसको व्यवहार कस्तो छ, भन्नुकुरा अभिभावकले जानकारी पाउनु अपरिहार्य हुन्छ,’ उपाध्यायले भने, ‘त्यसका लागि आफ्ना बालबालिकामा बढी भन्दा बढी समय दिनुपर्छ ।’

आमाबुबाले गर्ने हरेक व्यवहारले बालबालिकालाई प्रभावित पार्ने उनले बताए । विद्यार्थीलाई सफल बनाउन शैक्षिक संस्थाको योजना शिक्षक, शिक्षकाको मेहनत महत्वपूर्ण हुने बताए । ‘शैक्षिक संस्थाले व्यवहारीक शिक्षा प्रदान गर्ने योजना निर्माण गर्नु पर्छ,’ उनले भने, ‘सोही योजनालाई साकार पार्न शिक्षक, शिक्षिकाले कडा मेहनत गर्नुपर्छ, शिक्षक, शिक्षका गैर जिम्मेवार बने संस्था सफल हुन सक्दैन ।’

धनगढी–४ का वडा अध्यक्ष बुद्धी खड्काले छोटो समयमा अक्सफोर्डले राम्रो पहिचान बनाउन सफल भएको देख्दा खुशी लागेको बताए ।

उनले संस्थालाई वडाकै भरपर्दो र सवैको पहिलो राजाईमा पर्ने संस्थाबनाउन थप मेहनत गर्न विद्यालयलाई सुझाव दिए । विद्यार्थीलाई अनुशासति बनाउने कार्यमा शिक्षक र अभिभावक सवैले ध्यान दिनुपर्नेमा उनाले जोड दिएका छन् । कार्यक्रममा प्याब्सन कैलालीका अध्यक्ष टोपेन्द्र शाह लायतले मन्तव्य व्यक्त गरेका थिए ।

कर्यक्रममा बोल्दै अक्सफोर्डका प्रधानाध्याकप लोकराज पन्तले विद्यालयमा हाल ५ सय भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका बताए । विद्यालयमा पुस्तकालय, प्रयोगशालालाई व्यवस्थित गर्ने योजना सहति छिट्टै विद्यालयमा तला थप गर्ने योजना रहेको उनले बताए । 

सुरुवाती चरणमा भवन भाडामा लगेर पठन–पाठन गराएको अक्सफार्ड विद्यालय हाल आफ्नै सुविधा सम्पन्न भवनमा सञ्चालन भइरहेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रम विद्यालयका शिक्षक धनन्जय जोशीले गरेका थिए । बार्षिकोत्सव कार्यक्रमका अवसरमा कार्यक्रममा विद्यार्थी तथा शिक्षकले विभिन्न सांस्कृतिक कार्यक्रम गरेका थिए । 

अभिभावक र शिक्षक सम्मानित
अक्सफोर्ड युनिभर्स रेडिक्स (आवर) माध्यामिक विद्यालयले आफ्नो १४औं बार्षिकोत्सव कार्यक्रमका अवसरमा उत्कृष्ट अभिभावक तथा शिक्षक शिक्षिकालाई सम्मान गरेको छ ।

सम्मानित हुने अभिभावकमा बिरेन्द्र तितरा, कृष्नसिंह ऐर, सुनिता शाह, हिमा चौधरी रहेका छन् । त्यसैगरी शिक्षिका समुन्द्रा भट्टराई, रेवती भट्ट, विमला विष्टलाई पनि विद्यालयले बार्षिकोत्सव कार्यक्रमका अवसरमा सम्मान गरेको छ । कर्मचारी तर्फ भगिरथ पडाललाई सम्मान गरेको विद्यालयले भावना मगरलाई प्रसंसा पत्र प्रदान गरेको छ ।