ब्राइट स्टार इङ्गिलिस बोर्डिङ स्कुलको २९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

ब्राइट स्टार इङ्गिलिस बोर्डिङ स्कुलको २९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

धनगढी । गोदावरी नगरपालिका वडा नम्बर ५ स्थित श्री ब्राइट स्टार इङ्गिलिस बोर्डिङ स्कुलले २९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।

वार्षिकोत्सवको अवसरमा आफनै प्राङ्गणमा विविध सांस्कृतिक प्रस्तुतिसहित विशेष समारोहको आयोजना गरिएको हो ।

विद्यालयका संस्थापक धर्मराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी तथा अभिभावक धनबहादुर विष्ट प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा एन–प्यावसन सुदूरपश्चिम अध्यक्ष दीपकबहादुर बम, एन–प्यावसन कैलाली अध्यक्ष ललित सावद लगायत विभिन्न विद्यालयका शिक्षक, समाजसेवी, राजनीतिक दलको सहभागिता रहेको थियो ।

शिक्षीका हेमा रेग्मीले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक लोकेश भट्टले गरेका थिए ।

वार्षिकोत्सवको अवसरमा विद्यालयले आयोजना गरेको विभिन्न खेलकुद प्रतियोगितामा उत्कृष्ट खेलाडी, शैक्षिक सत्र २०७९ मा सर्वोत्कृष्ट बनेका विद्यार्थी, अनुसासित, नियमित हाजिर भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नुका साथै विद्यार्थीहरुले नृत्य, नाटक तथा कला प्रदर्शन गरेका थिए ।