झापामा यम बरालको एकल साँझ, मेनुकाले गाइन् ‘बादलुको घुम्टो’

झापामा यम बरालको एकल साँझ, मेनुकाले गाइन् ‘बादलुको घुम्टो’

काठमाडौं । गायक यम बरालले झापाको विर्तामोडमा एकल साँझ गरेका छन् । प्याब्सन अर्जुनधाराद्वारा आयोजित कन्सर्टमा उनले आफ्ना लोकप्रिय गीत लाइभ ब्याण्डमा गाएर दर्शक-श्रोतालाई मन्त्रमुग्ध बनाए ।

कन्सर्टमा इण्डियन आइडलकी प्रतिस्पर्धी मेनुका पौडेलले यमको चर्चित गीत ‘बादलुको घुम्टो’ले गाएकी थिइन् । मेनुकाले यम बरालसँग स्टेज सेयर गर्न पाउँदा निकै खुसी लागेको समेत बताइन् ।

कन्सर्टमा यमले निष्ठुरीले छाडेर, अब चोटहरुले, मन रहे पो मायाप्रीति, सनम माया लाको लगायत दर्जन बढी आफ्ना लोकप्रिय गीत प्रस्तुत गरेका थिए ।

एकल साँझमा झापालगायत छिमेकी जिल्लाबाट उल्लेख्य संख्यामा दर्शक उपस्थित थिए । गत कात्तिकमा काठमाडौंमा पनि यम बरालको एकल साँझ भएको थियो ।