आमा बनिन् रेखा थापा

आमा बनिन् रेखा थापा

काठमाडौँ । अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् । 

उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा बनेको खुशी सार्वजनिक गरेकी हुन् । 

तस्वीर राख्दै उनले लेखेकी छन् ‘हेर आकाशमा कालो बादल वरिपरि चाँदीको घेरा छ, हेर धर्तीमा तिमी जन्मनुको महान् कारण छ । वैभवी राज्यलक्ष्मी शाही ठकुरी ।’ तस्वीरमा छोरी र रेखाका साथ श्रीमान बलराम शाही ठकुरी पनि देखिएका छन् । रेखा र बलरामले दुई वर्षअघि विवाह गरेका थिए ।