लोग्नेले टिकटक छाड्न भनेपछि पत्नीले संसारै छाडिन्, ह्वाट्सएपमा अन्तिम म्यासेज

लोग्नेले टिकटक छाड्न भनेपछि पत्नीले संसारै छाडिन्, ह्वाट्सएपमा अन्तिम म्यासेज

टिकटक अहिले सबैभन्दा लोकप्रिय एप बनिरहेको छ । कतिपय मानिसहरु टिकटकको पागलपनमा ज्यान दिनसमेत पछि पर्दैनन् ।

भारतमा हालैका दिनमा टिकटकसँग जोडिएका केही अनौठा घटना भएका छन् । शिरडीमा बिहीबार टिकटक भिडियो बनाइरहेको समयमा गोली चल्दा एक व्यक्तिको ज्यान गएको छ । त्यस्तै तमिलनाडुमा एक महिलाले पतिको गालीबाट रिसाएर टिकटकमै आफ्नो अन्तिम भिडियो पोस्ट गरेर आत्महत्या गरेकी छन् ।

तमिलनाडुको अरियालुरको घटना हो यो । २४ वर्षीया एक महिलालाई उनका पतिले टिकटकमा भिडियो हालिरहेको भनेर गाली गर्ने गर्दथे । लोग्नेको किचकिचबाट दिक्क ती महिलाले अन्ततः विष पिएर आफ्नो अन्तिम भिडियो रेकर्ड गरिन् र लोग्नेलाई ह्वाट्सएपबाट उक्त भिडियो पठाइन् ।

परिवारजनका अनुसार ती महिलालाई टिकटकमा भिडियो बनाउने यस्तो लत बसेको थियो कि आफ्ना सन्तानको समेत ध्यान राख्न छाडेकी थिइन् । पत्नीको त्यो बानीबाट दिक्क भएर उनका लोग्नेले गाली गर्न थालेका थिए । गाली सहन नसकेर उनले विष पिएर आत्महत्या गरेकी हुन् ।

मर्नुअघि उनले आत्महत्या गर्न लागेको जानकारी लोग्नेलाई पठाएकी थिइन् । केही बेरपछि नै ती महिलाको मृत्यु भयो । भिडियोमा उनले लोग्नेलाई सन्तानको ख्याल गर्न भनेकी छन् ।