साम्राज्ञी र धिरजलाई लिएर 'रूमानी रंग' बन्ने

साम्राज्ञी र धिरजलाई लिएर 'रूमानी रंग' बन्ने

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगरलाई लिएर फिल्म रूमानी रंगु को औपचारिक निर्माण घोषणा गरिएको छ। फिल्मलाई अनिल योञ्जनले निर्देशन गर्नेछन्। 

साम्राज्ञी र धिरजले इन्टु मिन्टु लन्डनमाु पछि दोस्रो पटक सहकार्य गर्न लागेका हुन्। इन्टु मिन्टु लन्डनमाु फिल्ममा उनीहरूको जोडीलाई दर्शकले रूचाएका थिए। 

यस फिल्मको ९० प्रतिशत छायांकन अस्ट्रेलियामा हुनेछ। फिल्मले वर्तमान समयको आधुनिक प्रेमकथा प्रस्तुत गर्ने निर्माण टिमले बताएका छन्। फिल्मको कथा निर्देशक योञ्जनले लेखेका हुन्। 

महेश पौडेलले खिच्ने फिल्म वैशाखको पहिलो सातादेखि छायांकनमा जानेछ। 

ग्लोबल मिडिया एन्ड रिसर्च सेन्टर प्रालि ब्यानरमा बन्ने फिल्ममा जिएम ठकुरी प्रस्तुकर्ता छन्। हरि मल्ल ठकुरी निर्माता रहेको फिल्मको सह-निर्माता सुशिल थापा, श्रीजन बस्नेत, सन्तोष सरू र विजय अभिकारी हुन्। 

फिल्म आविस्कार बहुसंचार प्रालिको सहकार्य रहनेछ भने अस्ट्रेलियाको लाइन प्रोडियुसरमा डिव्वाईज इन्टरटेनमेन्ट रहेको छ।