रुखले च्यापेर एक जनाको मृत्यु

रुखले च्यापेर एक जनाको मृत्यु

धनगढी : कैलालीमा रुखले च्यापेर एक जनाको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ९ मनिका समुदायिक बन मुर्कटीमा रुख काट्ने क्रममा च्यापिएर मृत्यु भएको हो ।

गोदावरी ११ का श्रवण रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।