धनगढीमा ‘त्रिनगर भलिबल प्रतियोगिता’ सुरु

धनगढीमा ‘त्रिनगर भलिबल प्रतियोगिता’ सुरु

कैलालीः धनगढीमा त्रिनगर भलिबल च्याम्पियनसिप प्रतियोगिता शुक्रवारदेखि सुरु भएको छ । प्रतियोगिता त्रिनगर माध्यमिक विद्यालयको खेल मैदानमा सुरु भएको हो । भलिबल प्रतियोगिताको एक कार्यक्रमकाबीच धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले उद्घाटन गरेका छन् ।

प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख वडले आउँदो आर्थिक बर्षमा सबै किसिमका खेलको प्रतियोगिता गर्नेगरी बजेटको ब्यबस्था गरिने बताए । ‘हामीले सबै किसिमका खेलकुदलाई समान प्राथमिकतामा राखेका छौं, एक वडा एक खेल मैदान निर्माण गर्ने अभियान हाम्रो छ ।’ उप–महानगरपालिका भित्रका सबै विद्यालयका खेल मैदान ब्यबस्थित बनाउने काम इरहेकोसमेत नगरप्रमुख वडले बताए । उनले खेलाडी भएको समाज र बस्ती अनुशासित हुने गरेको बताए ।

आयोजक त्रिनगर माध्यमिक विद्यालयका प्रद्यानाध्यापक भूपाल सिंह खड्काले खेललाई हार र जीतको रुपमा खेलाडीले बुझ्न नहुने बताए । उनले धनगढीका सामुदायिक विद्यालयबीचको सम्वन्धलाई प्रगाढ बनाउनका लागि त्रिनगर भलिबल च्याम्पियनसिप प्रतियोगिता आयोजना गरिएको बताए । प्रतियोगितामा धनगढी उप–महानगरपालिका भित्रका १३ माध्यमिक विद्यालयका १५ वटा टोली सहभागि छन् । खेल दुई दिनसम्म सञ्चालन हुनेछ ।